राष्ट्रिय क्रिकेटको उपाधिका लागि ससस्त्र प्रहरी र त्रिभुबन आर्मी भिड्ने - Sport
Home » , » राष्ट्रिय क्रिकेटको उपाधिका लागि ससस्त्र प्रहरी र त्रिभुबन आर्मी भिड्ने

राष्ट्रिय क्रिकेटको उपाधिका लागि ससस्त्र प्रहरी र त्रिभुबन आर्मी भिड्ने

Written By Unknown on Monday, March 23, 2015 | 6:29 AM

चैत ९,राष्ट्रिय एकदिवसीय क्रिकेटको उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मीबिच प्रतिष्पर्धा हुने भएको छ ।

सोमबार भएको पहिलो सेमिफाइनलमा आर्मीले क्षेत्र नम्बर ६ बैतडीलाई १ सय १८ रनले पराजित गर्दै फाइनल प्रबेश गरेको छ । आर्मीले दिएको ३ सय ३० रनको बिशाल बिजयी लक्ष्य लिएर जवाफी ब्याटि¨ थालेको बैतडी ३६ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै २ सय ११ रनमा समेटिएको हो । उसका लागि प्रशान्त विष्ट र बसन्त खत्रीले ५३ रनको योगदान दिए पनि टिमको हार टार्न सकेनन । बैतडीलाई सस्तैमा समेट्न आर्मीका सोमपाल कामी ३ तथा राहुल विकले २ विकेट लिए ।
यसअघि कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको आर्र्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २९ रन बनाएको हो । उसका लागि ओपनरद्वय महेश क्षेत्री र अनिल मण्डलले शतकिय पारी खेले । १ सय ४३ बलका सामना गरेका क्षेत्रीले १ सय ३४ रनको योगदान गरे । त्यस्तै मन्डलले १ सय २८ रन जोडे । क्षेत्री र मण्डलले पहिलो विकेटका लागि २ सय ४७ रनको साझेदारी गरेका थिए । बैतडीका बसन्त खत्रीले ३ र कमल ऐरीले २ विकेट लिएका थिए ।
त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा एपिएफले क्षेत्र नम्बर २ वीरगञ्जलाई ७ विकेटले पराजित गर्दै आर्मी संगको उपाधि भेट पक्का गरेको हो । बिरगञ्जले दिएको १ सय ३५ रनको सामान्य बिजयी लक्ष्य लिएर जवाफी ब्याटि¨ थालेको एपिएफले १८ ओभर ३ बिकेट गुमाएर बिजयी लक्ष्य भेट्टाएको हो । उसका लागी सुवास खकुरेलले ७१ रनको योगदान गरे । यसअघि पुल्चोक मैदानमा पहिले ब्याटिङ गरेको वीरगञ्ज एपिएफका बलर चम्किएपछि ४२ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै १ सय ३४ रनमा समेटिएको हो । उसका लागि अनिल साहले ४० तथा सुरज कुर्मीले २८ रन जोडे । एपीएफका आरिफ शेखले ५ विकेट लिए । त्यस्तै यज्ञमान कुमाल र बसन्त रेग्मीले समान २–२ विकेट लिएका थिए । आर्मी र एपिएफ बिचको फाइनल खेल मंगलबार बिहान १० बजे हुनेछ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj