ब्याट फर नेपाल अन्तर्गत बिस्व ११ संग नेपाल पराजित - Sport
Home » , » ब्याट फर नेपाल अन्तर्गत बिस्व ११ संग नेपाल पराजित

ब्याट फर नेपाल अन्तर्गत बिस्व ११ संग नेपाल पराजित

Written By Unknown on Sunday, August 9, 2015 | 4:23 AM

साउन २४, दमक  । नेपालका भुकम्प पिडितलाई सहयोग जुटाउने उद्धेश्यले आयोजीत ब्याट फर नेपाल अन्तर्गत नेपाल र बिश्व ११ बिचको टि–ट्वान्टी क्रिकेट खेलमा बिश्व ११ ले जित हात पारेको छ ।

मलेसियाको किनरारा ओभलमा भएको खेलमा बिश्व ११ ले नेपाललाई ३७ रनले पराजित गरेको हो । बिश्व ११ ले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको नेपाल मात्र ९८ रनमा समेटियो ।

नेपालका लागि ओपनर अनिल मण्डल र राजु रिजालले सर्बाधिक समान १७ रनको योगदान गरेका थिए । त्यस्तै सिद्धान्त लोहनी र नरेस बुढाआयरले १३ रन जोडे । सरद भेस्वाकर र मेहवुव आलम समान ११ रनमा आउट भए । समोपाल कामी ७, कप्तान पारस खड्का र शक्ति गौचन समान २ रनमा आउट हुदा अभिनाश कर्ण १ रनमा अबिजित रहे । 

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको बिश्व ११ ले १९ दशमलब ४ ओभरमा सबैबिकेट गुमाएर १ सय ३५ रन जोडेको हो । उसका लागि मार्कुस स्टोइनीसले सर्बाधिक ४८ रनको योगदान गरेका थिए ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj