बिस्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्यु जिल्यान्ड र साउथ अफ्रीका भिड्दै, दुवै टोलि खेल जित्दै पहिलो पटक बिस्वकपको फाइनल प्रबेस गर्ने सुरमा - Sport
Home » , » बिस्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्यु जिल्यान्ड र साउथ अफ्रीका भिड्दै, दुवै टोलि खेल जित्दै पहिलो पटक बिस्वकपको फाइनल प्रबेस गर्ने सुरमा

बिस्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्यु जिल्यान्ड र साउथ अफ्रीका भिड्दै, दुवै टोलि खेल जित्दै पहिलो पटक बिस्वकपको फाइनल प्रबेस गर्ने सुरमा

Written By Unknown on Sunday, March 22, 2015 | 8:48 PM

चैत ९, अनलाईन आवाज, एघारौ बिश्वकप क्रिकेटको सेमिफाइनलका खेलहरु मंगलबार बाट सुरु हुदैछन । पहिलो सेमिफाइनलको खेलमा मंगलबार दक्षिण अफ्रिका र न्युजिल्याण्ड आमुने सामुने हुदैछन ।

पुल ए मा रहदै समुह चरणमा सतप्रतिशत जित निकालेको न्युजिल्याण्डले नकआउट चरणको पहिलो खेलमा पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको थियो । अपराजित यात्रा कायमै राख्ने क्रममा न्युजिलयण्डले प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा वेष्ट इन्डिजलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
त्यस्तै पुल बि मा रहदै क्वाटरफाइनल पुगेको दक्षिण अफ्रिकाले क्वाटरफाइनलमा श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
सन् १९९२ देखि बिश्वकप यात्रा सुरु गरेको दक्षिण अफ्रिका सुरुवाती संस्करणमै सेमिफाइनल सम्म गएको थियो । त्यसयता उसले १९९९ र २००७ मा पनि सेमिफाइनलको यात्रा तय गरेपनि फाइनलमा भने पुग्न सकेको छैन । त्यस्तै सन् १९७५ को पहिलो संस्करणबाट बिश्वकप यात्रा सुरु गरेको न्युजिल्याण्ड ६ पटक बिश्वकप क्रिकेटको सेमिफाइनल पुगेपनि फाइनलको यात्रा भने तय गर्न सकेको छैन । अघिल्लो संस्करणमा पनि न्युजिल्याण्ड सेमिफाइनलमा श्रीलंकासंग पराजित हुदै घर फर्किएको थियो ।
बिश्वकप इतिहासमा न्युुजिल्याण्ड र दक्षिण अफ्रिका बिच यसअघिका ६ भेटमा ४ खेल न्युजिल्याण्डको पक्षमा गएको छ भने २ खेलमा दक्षिण अफ्रिका बिजयी भएको छ । सन १९९२ को पहिलो भेटमा न्युजिल्याण्ड बिजयी भएको थियो भने अघिल्लो संस्करणको क्वाटरफाइनलमा भएको पछिल्लो भेटमा पनि न्युजिल्याण्डनै बाजी मार्न सफल भएको थियो । जारी बिश्वकपमा उपाधिको दाबेदारीका रुपमा हेरिएको दुबै टोली बिचको खेलमा कडा टक्कर हुने अनुमान गरिएको छ । खेलमा बिजयी हुने टोली पहिलो पटक बिश्वकप क्रिकेटको फाइनल प्रबेश गर्नेछ । ब्रेन्डन म्याकुलमको कप्तानीमा मैदान उत्रने न्युजिल्याण्ड र एबिडि भिलियर्सको कप्तानीमा मैदान उत्रने दक्षिण अफ्रिका दुबै उच्च फर्ममा रहेका छन ।
यि दुई टोली बिचको यो खेललाई दुइ कप्तान म्याकुलम र डि भिलियर्स बिचको भिडन्तका रुपमा पनि हेरिएको छ । न्युजिल्याण्डको टिममा कप्तान म्याकुलम संगै मार्टिन गुप्टील,केन विलियम्सन, रोस टेलर,डानीयल भिट्टोरी,टे«न्ट बोल्ट, टिम साउथी लगायतका खेलाडी उच्च फर्ममा रहेका छन । न्युजिल्याण्डका मार्टिन गुप्टीलले जारी बिश्वकपमा दोहोरो सतक हान्दै बिश्वकप इतिहासको उच्च स्कोर आफ्नो नाममा लेखाएका छन । त्यस्तै अफ्रिकन टिममा कप्तान डि भिलियर्स संगै,हसिम अम्ला,फाप डु प्लेसिस, जेपि डुमिनी डेल स्टेन, इम्रान ताहिर तथा मोर्ने मोर्केल लगायतका खेलाडी अग्रपंक्तीमा रहेका छन ।
 मंगलबार  हुने खेलमा न्युजिल्याण्ड दक्षिण अफ्रिकालाई पराजित गर्दै पहिलो पटक बिश्वकपको फाइनल प्रबेश गर्ने सुरमा रहदा दक्षिण अफ्रिकापनि न्युजिल्याण्डको बिजयी यात्रामा पुर्णबिराम लाउदै फाइनल प्रबेश गर्ने धुनमा रहनेछ । न्युजिल्याण्डको घरेलु मैदान इडन पार्कमा हुने खेल मंगलबार बिहान पौने ७ बजेबाट सुरु हुनेछ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj