एसवाईसी च्यालेन्ज कप भलिबल आजवाट - Sport
Home » » एसवाईसी च्यालेन्ज कप भलिबल आजवाट

एसवाईसी च्यालेन्ज कप भलिबल आजवाट

Written By Unknown on Monday, April 4, 2016 | 7:56 PM

आयोजक र शरणामतिको विजयी सुरुवात

चैत २२, दमक । झापाको लखनपुरमा सोमबारदेखि एसवाईसी च्यालेन्ज कप भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन दुई वटा खेल सम्पन्न भएका छन् । ती खेलमा आयोजक सगुन युवा क्लब र शरणामति भलिबल टिम विजयी भएका छन् ।

सगुनले मोरङको पथरी टिमलाई २५–१६, २५–१९ र २५–२१ को सोझो सेटमा हराएको छ । सो खेलको म्यान अफ दि म्याच सगुनका सरोज चौलागाईं घोषित भए । त्यसैगरी दोस्रो खेलमा शरणामतीको भलिबल टिमले दमक भेट्रानलाई हराएको छ । 

वेस्ट अफ ५ अन्तर्गत २८–२६, १८–२५, २३–२५ र २३–२५ को सेटमा शरणामति विजयी भएको हो । सो खेलको म्यान अफ दि म्याच दमक भेट्रानका रमेश गिरी घोषित भए । प्रतियोगिताअन्तर्गत मंगलबार पनि दुई खेल हुने आयोजक क्लबका अध्यक्ष देवी लिम्बुले जानकारी दिए । 

त्यसअघि प्रतियोगिताको लखनपुर गाविसका सचिव राजकुमार शाक्यले उद्घाटन गरेका थिए । सो अवसरमा खेल संयोजक तथा क्लबका पूर्व अध्यक्ष हुकुमसिंह राईले लखनपुरको पहिचानका रुपमा स्थापित भइसकेको र राज्यबाट समेत उपेक्षित भलिबल खेलको विकासका लागि क्लबले प्राथमिकता दिएको बताए । 

एक सातासम्म चल्ने प्रतियोगितामा १० वटा उत्कृष्ट भलिबल टिमको सहभागिता छ । प्रतियोगिताको विजेता टिमले नगद १ लाख र उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र हात पार्ने जनाइएको छ । 

उद्घाटन कार्यक्रमको सञ्चालक क्लबका सचिव रोशन दाहालले गरेका थिए । प्रतियोगितामा भलिबल संघ झापाका अध्यक्ष शैलेन्द्र श्रेष्ठ र प्रमिला लिम्बूले अम्पाएरको भूमिका निर्वाह गरिरहेका छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj