वेस्त इन्दिजको सङ्घर्स पूर्ण जित्, आयार लन्द सँग बाङ्ग्लादेस पराजित - Sport
Home » » वेस्त इन्दिजको सङ्घर्स पूर्ण जित्, आयार लन्द सँग बाङ्ग्लादेस पराजित

वेस्त इन्दिजको सङ्घर्स पूर्ण जित्, आयार लन्द सँग बाङ्ग्लादेस पराजित

Written By Unknown on Wednesday, February 11, 2015 | 11:09 PM

माघ २९,विश्वकप क्रिकेटको अभ्यास खेलमा वेष्ट इण्डिजले संघर्षपुर्ण जित हात पारेको छ ।
उसले बिहिबार स्कटल्याण्ड माथि ३ रनको कठिन जित हात पारेको हो  । सिड्नीमा जितका लागि ३ सय १४ रनको लक्ष्य पछयाएको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १० रन बनायो ।
स्कटल्याण्डका केल कोट्जरले ९६ तथा रिचि बेरिङटनले नट आउट ६६ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । यस्तै म्याथ्यु क्रसले  ३९ रन जाडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १३ रन बनाएको थियो । उसका लागि दिनेश रामदिनले ८८ र लेन्डेल सिमोन्सले ५५ रन बनाए । शनिबार सुरु हुने विश्वकपको आङ्खनो पहिलो खेलमा वेष्ट इण्डिजले सोमबार आयरल्याण्डस“ग खेल्ने छ । यस्तै स्कटल्याण्डले भने मंगलबार न्युजिल्याण्डस“ग प्रतिस्पर्धा गर्ने छ ।
 त्यस्तै आफ्नो अभ्यास खेलमा बंगलादेश आयरल्याण्ड संग पराजित भएको छ ।
बिहिबार बिहान भएको खेलमा आयरल्याण्डले बंगलादेशलाई ४ विकेटले हराएको हो ।
सिड्नीमा भएको खेलमा जितका लागि पाएको १ सय ९० रनको सामान्य लक्ष्य आयरल्याण्डले खेल सकिन १९ बल बा“की छ“दै ६ विकेट गुमाएर भेट्टायो । आयरल्याण्डलाई जिताउन एन्ड्री बलब्रिनेले नट आउट ६३ रन बनाए भने एड जोय ४७ र कप्तान विलियम पोर्टरफिल्डले २४ रन जोडे ।


 यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्न बाध्य भएको बंगलादेशले ४८ दशमलव २ ओभरमा अल आउट हु“दै १ सय ८९ रन मात्र बनायो । उसका लागि  सौम्य सरकारले सर्वाधिक ४५ रन बनाए । मुस्फिकर रहिमले २६ रन बनाए । बंगलादेशलाई १ सय ८९ रनमा सिमित गर्ने क्रममा आयरल्याण्डका जोन मनी र म्याक्स सोरेनसेनले समान ३ विकेट लिए ।
शनिबार सुरु हुने विश्वकप क्रिकेटको आयरल्याण्डले आङ्खनो पहिलो खेल सोमबार वेष्टइण्डिजस“ग खेल्ने छ । बंगलादेशले भने बुधबार अफगानिस्तानस“ग खेल्ने छ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj