साउथ अफ्रीका र न्यूजिल्यान्द पनि एघरोउ बिस्वकपको दाबेदार - Sport
Home » » साउथ अफ्रीका र न्यूजिल्यान्द पनि एघरोउ बिस्वकपको दाबेदार

साउथ अफ्रीका र न्यूजिल्यान्द पनि एघरोउ बिस्वकपको दाबेदार

Written By Unknown on Wednesday, February 11, 2015 | 5:51 AM

माघ २८, सन्तोष गजमेर (भाञ्जा), शनिबार देखि सुरु हुने एघारौ बिश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्याण्डलाई पनि उपाधिको दाबेदारको रुपमा हेरिएको छ । खेलाडीहरु लयमा रहेकाले उनीहरुलाई दाबेदारका रुपमा हेरिएको हो ।

बिश्वकप क्रिकेटमा ६ पटक सहभागीता जनाईसकेको दक्षिण अफ्रिकालाइ पनि उपाधिको दाबेदारका रुपमा हेरिएको छ । सन् १९९२ मा पहिलोपटक बिश्वकपमा सहभागीता जनाएको उसले सोहि सिजनमा सेमीफाइनलको यात्रा तय गरेको थियो । अघिल्लो सस्करणमा क्वाटरफाईनलमा न्युजिल्याण्ड संग पराजित हुदै घर फर्किएको अफ्रिकन टोली यसपटक भने उपाधिको दाबेदारको रुपमा हेरीएको छ ।
 उसले अहिले सम्म बिश्वकपमा जम्मा ५२ खेल खेलेकोमा २९ जित र २२ हार ब्यहोरेको छ । ३ पटक सेमीफाइनल सम्मको यात्रा तय गरेको अफ्रिकन टोलीले यसपटक भने फाइनल खेल्दै उपाधि उचाल्ने अनुमान गरिएको छ ।बिश्वकपअघि वेष्ट इन्डिज बिरुद्धको ५ म्याचको एकदिबसिय सृं्खला दक्षिण अफ्रिकाले उत्कृट खेल प्रदर्शन गदै ४–१ ले आफ्नो पक्षमा पारेको थियो । अफ्रिकन टोलीमा बिश्व बरियताका शिर्ष खेलाडीहरु भएकाले  उसले राम्रो खेल्नेमा धेरै आशाबादी रहेका छन ।यसपटक दक्षिण अफ्रिकाले विश्व वरियताको  तेस्रो स्थानमा रहेर बिश्वकप खेल्ने छ । अष्टेलियाको पिच दक्षिण अफ्रिका संग मिल्दो जुल्दो भएकाले खेल्न सहज हुने धेरैको आंकलन रहेको छ ।
एबिडि भिलियर्सको कप्तानीमा मैदान उत्रने अफ्रिकन टोलीका लागी हासिम अम्ला प्रमुख हतियारका रुपमा रहनेछन । उनी लगायत क्यिन्टन डि कक,फाप डु प्लेसिस, डेबिड मिलर,जेपि डुमिनि तथा कप्तान एबिडि भिलियर्स पनि अफ्रिकन टोलीमा अब्बल रहेका छन । त्यस्तै डेल स्टेन,मोर्ने मोर्केल र इम्रान ताहिर बलिङ लाइनमा रहेकाले अफ्रिकन टोली थप बलियो भएको छ । यद्दपी अफ्रिकन टोलीले बिश्वकपमा भने खासै राम्रो प्रदर्शन गर्न सकेको छैन ।
उसले आइतबार जिम्बाबे बिरुद्ध खेल्दै एघारौ बिश्वकपको सुरुवात गर्नेछ ।
यस्तै न्युजिल्याण्डलाई पनि उपाधिको दाबेदारको रुपमा हेरिएको छ ।
अहिले सम्म ६ पटक सेमिफाईनल सम्मको यात्रा तय गरेको न्यजिल्याण्ड टोली फाइनलमा भने पुग्न सकेको छैन ।बिश्वकपमा कुल ७७ मध्ये ४३ जित र ३४ मा हार ब्याहोरेको छ । अघिल्लो सस्करणमा सेमीफाइनलमा श्रीलंका संग पराजित हुदै घर फर्केको उसले यसपटक उत्कृष्ट खेल्ने धेरैको बिश्वास रहेको छ ।
बिश्वकपअघ श्रीलंका बिरुद्ध उत्कृष्ट खेलेको न्युजिल्याण्डको टोली उच्च फर्ममा रहेको छ । सहआयोजकका रुपमा रहेको न्युजिल्याण्डका लागी कप्तान ब्रे्रन्डन म्याकुलम संगै रोस टेलर, मार्टिन गुप्टील ,लुक रोञ्ची,केन विलियम्सन जस्ता खेलाडी ब्याटीङ लाइनमा अब्बल रहेका छन । त्यस्तै कोरी एन्डरसन, ट्रेन्ट बोल्ट, टिम साउथी बलिङ लाइनमा उत्कृष्ट रहेका छन ।
न्युजिल्याण्डले घरेलु मैदान क्रिस्टचर्चमा शनिबार श्रीलंकासंग खेल्दै उघारौ बिश्वकपको सुरुवात गर्नेछ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj