अफ्गनस्तान पहिलो पतक बिस्व कप क्रीकेट खेल्दै - Sport
Home » » अफ्गनस्तान पहिलो पतक बिस्व कप क्रीकेट खेल्दै

अफ्गनस्तान पहिलो पतक बिस्व कप क्रीकेट खेल्दै

Written By Unknown on Thursday, February 12, 2015 | 4:50 AM

माघ २९, शन्तोष गजमेर(भाञ्जा)बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा बिजयी हदै अफ्गानस्तानले पहिलो पटक बिश्वकप क्रिकेटमा सहभागीता जनाएको छ ।

अघिल्लो सस्करणमा छनौट चरण बाटै बाहिरीएको अफ्गानस्तान यसपटक भने बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा बिजयी हुदै पहिलोपटक एकदिबसिय बिश्वकप क्रिकेटमा सहभागी भएको छ ।
पछिल्लो समय क्रिकेटको क्षेत्रमा ठुलो फड्को मारेको अफ्गान टोली मोहमद नाबीको कप्तानीमा मैदान उत्रनेछ । ट्वान्टी ट्वान्टी बिश्वकपमा ३ पटक सहभागीता जनाइसकेको उसले एकदिबसिय बिश्वकपमा चमत्कारी खेल प्रर्दशन गर्ने अनुमान गरिएको छ । उसका कप्तान मोहमद नाबी सफल अलराउण्डर रहेका छन । त्यस्तै उस्मान घानी, नुर अलि,मोहमद साहाजाद लगायतका खेलाडी ब्याटिङ लाइनमा रहेका छन भने साफुर जड्रन , अफ्ताब आलम,ढवलट जड्रन बलिङ लाइनमा रहेका छन ।
 समुह ए मा रहेको अफ्गानस्तानले अष्ट्रेलिया, श्रीलंका, न्युजिल्याण्ड, इङ्ल्याण्ड, बंगलादेश,स्कटल्याण्ड लगायतका टोली संग खेल्नेछ ।उसले बुधबार बंगलादेशबिरुद्ध खेल्दै बिश्वकपको सुरुवात गर्नेछ ।
 त्यस्तै युएई पनि दोस्रो पटक बिश्वकप क्रिकेट खेल्दै छ ।
वल्र्डकप क्वालिफायर मा दोस्रो स्थानमा रहदै उसले बिश्वकपको यात्रा तय गरेको हो । यसअघि उसले सन १९९६ मा पहिलोपटक बिश्वकप क्रिकेटमा सहभागिता जनाएको थियो जसमा उ लिगचरणबाटै बाहिरिएको थियो । । खुराम खानको कप्तानीमा मैदान उत्रने युएईका लागी साइमन अनुवार , स्वप्नील पटिल, अम्जाद अलि, सल्मान फरिस लगायतका खेलाडी प्रमुख रहनेछन । उसले आउदो बिहिबार आयरल्याण्डसंग खेल्दै एघारौ बिश्वकपको सुरुवात गर्नेछ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj