आइपीएल क्रिकेटमा कोलकत्ता बिजयी - Sport
Home » , » आइपीएल क्रिकेटमा कोलकत्ता बिजयी

आइपीएल क्रिकेटमा कोलकत्ता बिजयी

Written By Unknown on Monday, April 20, 2015 | 7:39 PM

बैशाख ८ । इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा कोलकता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई ६ विकेटले पराजित गरेकोछ ।

डिल्लीले दिएको १ सय ४७ रनको विजयी लक्ष्य सहित ब्याटिङ थालेको  कोलकताले १८ दशमलव १ ओभरमा ४ विकेट गुमाएर विजयी लक्ष्य भेटाएको थियो  । उसका लागि कप्तान गौतम गम्भिरले सर्बाधिक ६० रनको पारी खेले । त्यस्तै युसुफ पठान ४० रनमा अबुजित रहे । यसअघि फिरोज शाह कोट्ला डिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको डिल्लीले निर्धारित २० ओभरमा ८ बिकेट गुमाएर १ सय ४६ रन जोडेको हो । उसका लागि मनोज तिवारी ३२ तथा श्रेयस लायरले ३१ रनको योगदान गरे । त्यस्तै एंगेलो म्याथ्युजले २८ रन जोडे । कोलकत्ताका मोर्ने मोर्केल, उमेश यादब र पिउस चावलाले समान २ बिकेट लिए । जितस“गै कोलकोता ४ खेलमा ६ अंक जोड्दै तालिकाको तस्रो स्थानमा रहेको छ ।समान अंक भएपनि चेन्नाई नेटरनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै राजस्थान १० अंकसहित शिर्षस्थानमा रहदा ४ अंक जोडेको दिल्ली चौथो स्थानमा छ । प्रतियोगितामा आज राजस्थान  रोयल्स र किङस इलेभेन पन्जाब बीच खेल हुनेछ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj