कोपा अमेरिकामा अर्जेन्टिनाको पहिलो जित - Sport
Home » , » कोपा अमेरिकामा अर्जेन्टिनाको पहिलो जित

कोपा अमेरिकामा अर्जेन्टिनाको पहिलो जित

Written By Unknown on Tuesday, June 16, 2015 | 9:53 PM

असार २ । अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा अर्जेन्टिनाले पहिलो जित हात पारेको छ । बुधबार विहान भएको समुह चरण्ँको दोस्रो खेलमा अर्जेन्टिनाले बलियो प्रतिद्वन्द्वी उरुग्वेलाई १–० ले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको ११ औं मिनेटमा सजिर्यो एग्युरोले गोल गरेपछि अर्जेन्टिनाले अग्रता लियो । त्यसपछि कुनै टोलीबाट गोल हुन सकेन र खेल अर्जेन्टिनाले १–० ले जित्यो ।

पहिलो खेलमा पराग्वेसंग २–२ गोलको बराबरी खेलेको अर्जेन्टिनालाई दोश्रो चरण प्रवेशको लागि उरुग्वे विरुद्धको खेल जित्नै पर्ने थियो । पहिलो खेलमा जमैकालाई पराजित गरेको  उरुग्वे पनि लगातार दोश्रो जित हात पार्दै दोस्रो चरणप्रवेशको संभावना बलियो पार्न चाहान्थ्यो ।

 जितसंगै २ खेलमा ४ अंक जोडेको अर्जेन्टिना समुह बी को शीर्ष स्थानमा उक्लिएको छ । उरुग्वे भने ३ अंकका साथ तेस्रो स्थानमा छ । यस्तै मंगलबार राती भएको खेलमा पराग्वेले जमैकालाई १–० ले पराजित गर्यो ।

पराग्वेको जितमा खेलको ३६ औं मिनेटमा इडगर वेनिटेजले एकमात्र निर्णायक गोल गरे । जितसंगै ४ अंक जोडेको पराग्वे समुह बीको दोश्रो स्थानमा रहेको छ । यसअघि पराग्वेले अर्जेन्टिनासंग बराबरी खेलेको थियो ।

जमैका भने अघिल्लो खेलमा पनि उरुग्वेसंग पराजित भएको थियो । दुई खेलमा पराजित भएको जमैका एक खेल खेल्नुअघि नै समुह चरणबाटै बाहिरिएको छ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj