इडन गार्डेनमा पनि पाकिस्तान भारतसंग पराजित - Sport
Home » , » इडन गार्डेनमा पनि पाकिस्तान भारतसंग पराजित

इडन गार्डेनमा पनि पाकिस्तान भारतसंग पराजित

Written By Unknown on Saturday, March 19, 2016 | 8:30 PM

चैत ७, काठमाडौं । टी—२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । इडन गार्डेनमा कमजोर खेल प्रदर्शन गरेको पाकिस्तानमाथि भारतले सहज जित हात पारेको हो । 

वर्षाका कारण २ ओभर घटाइएको खेलमा पाकिस्तानले भारतसामू ११९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई घरेलु टोलीले विराट कोहलीको अर्धशतकको मद्धतमा मात्र १५.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
जवाफी ब्याटिङ गरेको भारतले पनि रम्रो सुरुवात गर्न सकेन । भारतले २३ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर, विराट कोहलीले युवराज सिंहसँग मिलेर पारी सम्हाले । दुबैले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे । युवराज २४ रन बनाएर क्याच आउट भए ।

कोहली ५५ रनमा अविजित रहे । ३७ बलको सामना गरेका उनले सात चौका र एक छक्का हाने । कप्तान महेन्द्र सिंह धोनीले ९ बलमा एक छक्कासहित १३ रनमा अबिजित रहे ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्ताानले १८ ओभरमा ५ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

पाकिस्तानका ओपनर शरजील खान र अहमद शहजादले सम्हालिएर खेल्न सुरु गरे । कोलकत्ताको पिचले स्पिन लिन थाल्यो र ब्याट्सम्यानहरुलाई रन बनाउन मुस्किल भयो ।

सबैभन्दा पहिला आउट भए शरजील । १७ रनको निजी स्कोरमा सुरेश रैनाको बलमा हार्दिक पाण्डेयले उनको उत्कृष्ट क्याच लिए ।

शहजाद २५ रन बजनएर जसप्रति बुमराहको बलमा आउट भए । कप्तान शाहिद अफ्रिदी मात्र ८ रनमा आउट भए ।

शोएब मलिकले सर्वाधिक २६ रन बनाए भने उमर अकमलले २२ रनको पारी खेले ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj