पोर्चुगल युरोकपको फाइनलमा प्रबेश - Sport
Home » , » पोर्चुगल युरोकपको फाइनलमा प्रबेश

पोर्चुगल युरोकपको फाइनलमा प्रबेश

Written By Unknown on Thursday, July 7, 2016 | 8:49 AM

असार २३, दमक । पोर्चुगल युरोकपको फाइनलमा पुगेको छ । क्रिष्टियानो रोनाल्डो र नानीको १÷१ गोलको मद्धतमा वेल्सलाई २–० गोलअन्तरले हराउदै पोर्चुगल दोस्रो पटक युरोकपको फाइनलमा स्थान बनउन सफल भएको हो । योसंगै वेल्सको ऐतिहासिक यात्रामा पूर्णबिराम लागेको छ । 




पोर्चुगल १२ बर्षको अन्तरमा दोस्रो पटक युरोको फाइनलमा पुगेको हो । सन् २००४ मा घरैमा भएको प्रतियोगिताको फाइनलमा पोर्चुगल ग्रिससँग हार ब्यहोर्न बाध्य भएको थियो ।

फ्रान्सको ल्योनस्थित ओलम्पिक रंगशालामा पहिलो हाफ गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा पोर्चुगलले सुरुवातमै २ गोल गर्न सफल भयो ।

५०औं मिनेटमा राफायल गुएरेइरोको कर्नर प्रहारलाई सदुपयाग गर्दै सुपरस्टार क्रिष्टियानो रोनाल्डोले पेनाल्टी एरियाबाट हेडमार्फत सुरुवाती गोल गरे ।

५३औं मिनेटमा भएको दोस्रो गोलमा पनि रोनाल्डोकै योगदान रहृयो र उनैको पासमा स्टार मिडफिल्डर नानीले सहजै बललाई जाली चुमाउन सफल भए ।

प्रतियोगितामा दुई पहेँलो कार्ड पाएर पोर्चुगलबिरुद्धको खेल गुमाएका आरोन राम्सेको अनुपस्थितिमा वेल्सको मिडफिल्ड कमजोर देखिएको थियो । उनको स्थानमा खेलेका एण्डी किङ र अर्का स्टार मिडफिल्डर जोय लेड्लीले पनि कुनै जादू देखाउन सकेनन् ।

अग्रपंक्तिमा ग्यारेथ बेलले पनि गतिलो साथ पाएनन् जति राम्सेसँग बेलको हुने गर्थ्यो । बेलले खेलमा केहि शशक्त लामो प्रहार गरेपनि पोर्चुगिज गोलकिपरले त्यसलाई सहजै बिफल पारे ।


पोर्चुगलले अब आज हुने जर्मनी र आयोजक फ्रान्सबिरुद्धको बिजेतासँग उपाधिका लागि आगामी आइतबार राति प्रतिस्पर्धा गर्नेछ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj