“एसिसिए फुटसल मिट २०१७” मा एसिसिए रेन्जर,भिक्ट्री ब्वाइज, जिएफएन र टिबिसि टु अन्तिम ४ मा - Sport
Home » » “एसिसिए फुटसल मिट २०१७” मा एसिसिए रेन्जर,भिक्ट्री ब्वाइज, जिएफएन र टिबिसि टु अन्तिम ४ मा

“एसिसिए फुटसल मिट २०१७” मा एसिसिए रेन्जर,भिक्ट्री ब्वाइज, जिएफएन र टिबिसि टु अन्तिम ४ मा

Written By Unknown on Monday, September 18, 2017 | 9:07 AM

२०७४–२ असोज । सन्तोष गजमेर भाञ्जा, काठमाडौं । सीसीए स्कुल अफ एकाउण्टेन्सीको आयोजनामा भएको “एसिसिए फुटसल मिट २०१७” को लिगचरणका खेलहरु सकिएका छन् । प्रतियोगिताको पहिलो दिन लिग चरणका १२ खेलको समाप्तीसंगै सेमिफाइनलिष्ट शिर्ष ४ टोलीको पनि टुङ्गो लागेको छ । 


कुल ८ टिम सहभागी प्रतियोगितामा ४÷४ टिमलाई दुइ समुहमा बिभाजन गरिएको थियो । जसअनुसार ग्रुप ए बाट एसिसिए रेन्जर्स ( ६ अंक) बिजेता र टिबिसी २ (४ अंक) उपबिजेतासहित अन्तिम चारमा पुगेका हुन । यस्तै ग्रुप बि बाट भिक्ट्री ब्वाइज (४ अंक) बिजेता र समान ४ अंक जोडेको जीएफएन गोलअन्तरका आधारमा दोस्रोस्थानमा रहदै अन्तिम चारमा पुगेको छ । 

ग्रप ए मा रहेको सिसिए २ ले १ खेलमा जित हात पार्दै २ सहित तेस्रोस्थानमा रह्यो भने ग्रुपको पुछारमा रहेको टिबिसी १ ले एउटा पनि खेल जित्न सकेन । उता ग्रुप बि मा भने शिर्ष र दोस्रो स्थानको टोलीसंग समान ४ अंक बटुलेको एसीसीए स्टार गोलअन्तरका आधारमा पछि पर्दै अन्तिम चारमा स्थान बनाउन असफल रह्यो । सोहि समुहको सिसिए ए ले भने खाता खोल्न सकेन । 

प्रतियोगिताको सेमिफाइनलका खेलहरुमा ग्रुप ए को बिजेता एसिसिए रेन्जरले ग्रुप बि को उपबिजेता जिएफएन र ग्रुप बि को बिजेता भिक्ट्री ब्वाइजले ग्रुप ए को उपबिजेता टिबिसि टु प्रतिद्धन्दी पाएको प्रतियोगिताका संयोजक आशिष गिरीले जानकारी दिनुभयो । 

यसअघि सोमवार एसिसिए नेपाल प्रमुख रबिन कटवाल, सिसिएका प्रमुख अजयकुमार महत, द ब्रिटिस कलेजका कार्यक्रम प्रमुख अनन्त गौतम लगायत सिसिएका सदस्यहरुले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । 

बिद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि अग्रसर गराउने उद्धेश्यले फुटसल प्रतियोगिताको आयोजना गर्न लागिएको बताईएको छ । प्रतियोगिताको बिजेताले नगद १५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र तथा उपबिजेताले १० हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

भिडियो हेर्न लिंक खोल्नुहोस्ः

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj