कोकाकोला कप राष्ट्रिय अन्तर विद्यालयमा बाल सिर्जनालय र दुर्गा देवी च्याम्पियन - Sport
Home » » कोकाकोला कप राष्ट्रिय अन्तर विद्यालयमा बाल सिर्जनालय र दुर्गा देवी च्याम्पियन

कोकाकोला कप राष्ट्रिय अन्तर विद्यालयमा बाल सिर्जनालय र दुर्गा देवी च्याम्पियन

Written By Unknown on Thursday, November 23, 2017 | 8:18 AM

मंसिर ७, काठमाडौं । कोकाकोला कप राष्ट्रिय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि छात्रतर्फ काठमाडौंको बाल सिर्जनालय र छात्रातर्फ दुर्गा देवी सेकेण्डरी स्कुल रौतहटले जितेका छन् । 


एन्फा कम्म्लेक्स सातदोवाटोमा बिहीबार मध्यान्ह्र भएको फाइनल खेलमा एभरेष्ट स्कुललाई १–० गोलअन्तरले हराउदै सिर्जनालयले उपाधि जितेको हो । खेलको ७२ औं मिनेटमा आले मगरले गरेको गोलले नै सिर्जनालयलाई प्रतियोगिताको उपाधि चुमायो । उता छात्रा तर्फ भने स्याङ्जाको भुम्रे माध्यमिक स्कुललाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्दै दुर्गा माविले उपाधि जितेको हो । 

दुर्गाका लागि निकिता थोकरले ह्याट्रिक सहित ४, रश्मी कुमार घिसिङले २ र दिलकुमारी राना मगरले १ गोल गरिन् । दुवै उपाधि विजेता स्कुलले समान ३–३ लाख रुपैया प्राप्त गरे । दोस्रो हुने दुवै टिमले समान १–१ लाख तथा तेस्रो भएको दुवै टिमले ५०–५० हजार रुपैया प्राप्त गरे । 

छात्रातर्फ दुर्गादेवीकी निकिता थोकर उत्कृष्ट स्ट्राइकर घोषित भए । डिफेन्डरमा श्री शंकरकी सुरक्षा सिंह, मिडफिल्डरमा सेतिदेवीकी प्रिति राई, गोलकिपरमा भुम्रेकी सावित्री किशान घोषित भइन् । उत्कृष्ट प्रशिक्षकमा दुर्गा स्कुलका नोरराज काफ्ले घोषित भए । 

यस्तै, छात्रतर्फको उत्कृष्ट गोलरक्षकमा बाल सिर्जनालयका सुरेश लामा, डिफेन्डरमा एभेरेष्ट स्कुलका आकाश श्रेष्ठ, मिडफिल्डरमा बाल सिर्जनालयका अनिल लामा, फरवार्डमा भानुभक्त मेमोरियलका एन्जल भण्डारी घोषित भए । उत्कृष्ट प्रशिक्षकमा बाल सिर्जनालयका अमर शेर्पा र अनुसाशित टिममा स्कोलर्स होम इंग्लिस बोर्डिङ स्कुल घोषित भयो ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj