यस्तो छ, शक्ति गौचनको कप्तानीमा रहेको पोखरा राइनोजले लोगो र जर्सी - Sport
Home » , » यस्तो छ, शक्ति गौचनको कप्तानीमा रहेको पोखरा राइनोजले लोगो र जर्सी

यस्तो छ, शक्ति गौचनको कप्तानीमा रहेको पोखरा राइनोजले लोगो र जर्सी

Written By Unknown on Wednesday, November 15, 2017 | 7:26 AM

२९ कार्तिक, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनको कप्तानीमा रहेको क्रिकेट टिम पोखरा राइनोजले लोगो र जर्सी सार्वजनिक गरेको छ । 


बुधवार राजधानीको सांग्रीला होटलमा कार्यक्रमको अयोजना गर्दै लोगो र जर्सी अफिसियल्ली रुपमा सार्वजनिक गरियो । एभरेष्ट प्रिमियर लिगको दोस्रो संस्करणका लागि तयार भइरहेको टिम पोखरा राइनोजका खेलाडीहरु समेत सार्वजनिक गरिएको छ । टिममा कप्तान शक्तिसंगै बिनोद भण्डाली, राजेश पुलामीमगर, सौरभ खनाल, सुशन भारी, सुनिल धमला, बिक्रम सोव, सन्तोष भट्ट र नुरध्वज सेन लगायतका अक्सनबाट छानिएका छन् । 

जगदम्बा स्पोर्टस् प्रालिको पोखरा राइनोजका लागि तीन विदेशी खेलाडी र ‘ट्यालेन्ट हन्ट’मार्फत आउने एक खेलाडीको भने टुंगो लाग्न बाकी छ । कार्यक्रम पोखरा राइनोजका प्रमुख शहिल अग्रवालले नेपाली क्रिकेटमा घरेलु लिगहरु सञ्चालन हुनु आफैमा राम्रो र नया खेलाडीहरु उत्पादन गराउने मार्गमा कदम बढाउन पाउदा खुसी लागेको बताउनुभयो । 

कार्यक्रममा पोखरा राइनोजका कप्तान शक्ति गौचनले पनि कुशल ब्यवस्थापनका बीच प्रतियोगितामा सहभागी हुन पाउदा खुसी लागेको बताए । प्रतियोगितामा नेपालका विभिन्न ६ सहरका टोलीहरुले प्रतिस्पर्धा गर्दैछन् ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj